Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • २४ घण्टामा देशभर १ हजार ४४ जना काेराेना संक्रमित थपिए, १२७१ जना डिस्चार्ज


    शुक्रबार, मंसिर २६ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा आज थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार २७१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    यस्तै हिजाे नेपालमा १ हजार २१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार