Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गैंडाको खागसहित स्वयम्भूबाट पाँच जना पक्राउ


    शुक्रबार, मंसिर २६ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । महानगरीय अपराध महाशाखा गैंडाको खागसहित ५ जनालाई पक्राउ गरेकाे छ ।

    अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली काठमाडाैंकाे स्वयम्भूबाट उनीहरू लाई पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ, नुवाकोट मेघाङ गाउँपालिका-६ का २६ वर्षीय रामसिंह तामाङ र २२ वर्षीया मुना तामाङ रहेका छन् । 

    बिक्री वितरण गर्न कोठामा राखिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई खागसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार