Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गायक बद्री पङ्गेनीकाे ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक (भिडियाेसहित)


    शुक्रबार, मंसिर २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कला चल्यो, गला चल्यो, मान्छे चलेन
    तिम्रो घरमा मेरी छोरी भान्से चलेन
    किन सम्धिनी मान्छे चलेन
    किन सम्धीज्यू भान्से चलेन

    गायक बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी युटुब च्यानलबाट बजारमा आएको गीतमा पङ्गेनी र रचना रिमालले स्वर दिनुभएको छ । गीतमा नारायण ज्ञवालीका शब्द र पङ्गेनी आफैँकोे सङ्गीत छ । पहिलो पटक गीतको भिडियो निर्देशन पङ्गेनी आफैँले गर्नुभएको छ । बिपी फिल्म प्रालिले निर्माण गरेको भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय तथा विश्वास नेपालको सङ्गीत संयोजन छ ।

    पङ्गेनीले रहर जागेर भिडियो निर्देशन गरिएको र आगामी दिनमा पनि निर्देशनलाई निरन्तरता दिन सक्ने बताउनुभयो । उहाँका अनुसार समाजमा जरा गाडेर रहेको जातीय विभेदको समस्या उजागर गर्दै अन्त्य गर्नमा मद्दत गर्ने विश्वास लिइएको छ ।

    हाम्रा चेलीहरुलाई कहिले न्याय हुन्छ
    जातीय विभेद देख्दा न्याय आफैँ रुन्छ
    दाइजो देको औंठी चल्यो, मान्छे चलेन

    गीतमा कथित उपल्लो जातको युवकले कथित तल्तो जातकी युवतीसँग प्रेम गर्छ । उसले आफ्ना बुवाआमासँग विवाहको प्रस्ताव राख्छ, तिनले पानी नचल्ने भनिएकीसँग विवाह गर्न अस्वीकार गर्छन् । उसले विवाह नभए आत्महत्या गर्ने बताएपछि बाबुआमाले विवाह गर्ने स्वीकृति दिन्छन् । विवाह गरी युवक परदेशतिर लाग्छ ।

    यता घरमा नयाँ बुहारी जातीय विभेदको चपेटामा पर्छे । श्रीमान् आएपछि आएपछि उनीहरु दुवै न्यायको ढोका ढक्ढक्याउन पुग्छन् । बुवाआमा दुवैलाई प्रहरीले पक्राउ गरी अदालतसम्म पु-याउँछ । कानून बुझेपछि उनीहरुले बुहारीलाई स्वीकार्छन् र भान्सा सुम्पिन्छन् । रासस

    गीतकाे भिडियो यस्ताे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार