Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एआइजीपछि डीआइजी बढुवामा महासंग्राम 


    शुक्रबार, मंसिर २६ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा एआइजी बढुवाको विवाद लगभग सकिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट विश्वराज पोखरेलको बढुवा रोक्ने प्रयास असफल भयो । बिहीबारको मन्त्रिपरिषद्को बैठकले समितिको निर्देशन लत्याउँदै उनको बढुवा गरी पदस्थापन समेत गरिसकेको छ ।

    एआइजी बढुवाको विवाद सकिएपछि प्रहरीमा अब डीआइजी बढुवाको महासंग्राम सुरु भएको छ । प्रहरीमा डीआइजीमा ९ दरबन्दी रिक्त छन् । ९ पदमा दुई दर्जन एसएसपी प्रतिस्पर्धामा भएकाले महासंग्रामकै अवस्था आएको छ ।

     ९ पदमा दुई ब्याचका डिआइजीहरुबीच प्रतिस्पर्धा छ । प्रहरी महानिरीक्षक शैलेश थापाको ब्याचबाट पुरुषोत्तम कँडेल, देवबहादुर बोहोरा, गणेश ऐर, दिलीप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह, उमेश रञ्जितकार, प्रकाश अधिकारी, शेखर कोइराला, किशोर दाहाल, सौरभ राणा बढुवाका दाबेदार छन् । उनीहरुमध्ये सौरभ राणा बलात्कार प्रकरणमा परेकाले बढुवामा पर्ने सम्भावना छैन । गणेश ऐर यसअघि प्रचण्डको भरमा परेका थिए । यसपटक प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच राम्रो सम्बन्ध नभएकाले उनी पनि तनावमा छन् । देवबहादुर बोहरा भीम रावल लगायतका नेकपा नेताहरुमार्फत् लबिङ गरिरहेका छन् ।

    पछिल्लो ब्याचबाट दिवेश लाहेनी, मुकुन्द आचार्य, सुशील यादव, पूजा सिंह, नरबहादुर खत्री, मोहन आचार्य, नलप्रसाद उपाध्याय, बिक्रम चन्द, मसाउद आलम खाँ लगायत पनि प्रतिस्पर्धामा छन् । लोहनी सुनकाण्डमा परेर यसअघि बढुवामा छुटेका थिए ।  पूजा सिंह काभ्रेमा हुँदा आर्थिक अनियमिततामा मुछिएकाले समस्या हुनसक्ने देखिन्छ । नरबहादुर खत्री गृह जिल्ला गुल्मीका नेकपा नेताहरु प्रदीप ज्ञवाली लगायतको भरमा परेका छन् । मोहन आचार्य प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको पछि लागेका छन् । नलप्रसाद उपाध्यायले गृहमन्त्री रामबहादुर थापा बादलका सहयोगीलाई हात लिएका छन् ।

    त्यसो त आइजीपी क्षेत्रीको समूह र एआइजी विश्वराज पोखरेलको दुई समूहलाई उछिनेर एसएसपीद्वय सन्दीप भण्डारी र दीपक थापा पनि डीआइजी बढुवाका लागि शक्तिकेन्द्र धाइरहेका छन् ।

    स्रोतका अनुसार केही बिचौलिया समूहसमेत यसपटकको डिआइजी बढुवामा सक्रिय भएका छन् । जसका कारण बढुवामा आर्थिक चलखेल हुने सम्भावना समेत देखिएको छ । र, प्रहरी महानिरीक्षक क्षेत्रीका लागि समेत डिआइजी बढुवा अग्निपरीक्षा हुने देखिन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार