पाल्पा । जिल्ला प्रहरीका कार्यालय पाल्पाले २० वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा रामपुर नगरपालिका-५ बाँझोबारी का ४५ वर्षीय गंगाबहादुर नेपाली रहेका प्रहरीले जनाएकाे छ। उनलाई बिहीबार साँझ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार पक्राउ परेका नेपालप्ले मादक पदार्थ सेवन गरेर ती युवतीलाई बुधबार राति बलात्कार गरेका थिए ।
बलात्कार गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।