काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ ।
गत बिहीबार देखि परेको अबिरल बर्षाका कारण काठमाडौं लगायत मुलुकका अधिकांश स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले गहिरो दुःख व्यक्त गरेको छ । चेम्बरले मृतकहरुप्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदान जनाएको छ ।
चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अबिरल बर्षाका कारणले देशको उद्योग धन्दा, पेशा व्यवसायमा गम्भिर असर गरेको भएपनि बजारमा औषधि, खाद्यन्न लगायत अत्यावश्यकीय बस्तुको अभाव हुन नदिन नेपाल चेम्बर अफ कमर्स सजग रहेको छ, ।’
चेम्बरले खाद्यन्न लगायतका बस्तुहरुको नियमित आपूर्तिको सुनिश्चितता गर्दै मुल्यवृद्धि हुन नदिने तर्फ सवै व्यवसायीहरुको सहयोग रहने समेत बताएको छ ।
बाढी पहिरोजन्य घटनाबाट जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले राहत तथा उद्दार एवं सहयोगका लागि चेम्बरका जिल्ला, प्रदेश एवं नगर चेम्बरहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको छ ।
यस्तै विपत्तीका कारण हुन गएको आफ्नो व्यवसायको क्षतिपूर्ति दावी भुक्तानीका लागि बिमितहरुले विमा कम्पनीहरु समक्ष बिमा रकम माग गरेमा यथाशिघ्र भुक्तानी दिलाउने व्यवस्था गर्न समेत चेम्बरले विमा कम्पनीहरु समक्ष आग्रह गरेको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend