Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा बाेलेराे दुर्घटना : २ जनाको मृत्यु, ११ जना घाइते


    शुक्रबार, मंसिर २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनमा बालेराे दुर्घटना हुँदा २ जनाकाे मृतयु भएकाे छ ।

    प्रहरीका अनुसार शुक्रबार बिहान ईच्छाकामना गाउँपालिका-६ जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बाेलेरो आफै अनियन्त्रित भई सडक साइडमा रहेको बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएकाे हाे ।

    दुर्घटना बिहान ९ बजेर ५५ मिनेटमा भएकाे प्रहरीले जनाएकाे छ । बाेलेराे बिजुलीकाे पाेलमा ठाेक्किएर दुर्घटना हुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृतकको सनाखत भइनसकेको जिल्ला प्रहरी कर्यालय चितवनका डिएसपी सुर्य थापाले जानकारी दिए।

    बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भई बलेरो चालकसहित बलेरोमा रहेका करिब २० जनामध्ये दुई जनाको मृत्यु भएको हो।  घाइतेहरूकाे भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार