Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली कागजात बनाएर लाखाैं रूपैयाँ झ्वाम


    बिहिबार, मंसिर २५ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ । खाेटाङको साकेला गाउँपालिकामा झन्डै साढे ८७ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ताबापत अनियमितता भएको तथ्य सार्वजनिक भएकाे छ ।

    सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको गुनासोपछि असोज १४ मा गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सरिता खड्काको संयोजकत्वमा छानबिन समिति बनेको थियो । समितिले आर्थिक वर्ष २०७६/७७ मा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

    प्रतिवेदनमा मृत्यु भइसकेका, बसाइँ सरेका, हुँदै नभएका व्यक्तिका नाममा नक्कली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता निकासा गरिएको उल्लेख छ । एकै जनाका नाममा दुई पटकसम्म तथा अर्कै वडाका व्यक्तिका नाममा समेत भत्ता दिइएको पाइएको छ ।

    सामाजिक सुरक्षा भत्ताबापत साकेला–१ बाँझेच्यानडाँडामा २० लाख ३४ हजार ४ सय रुपैयाँ, वडा–२ रतन्छामा १२ लाख २८ हजार, वडा–३ खिदिमामा ११ लाख ८७ हजार २ सय, वडा–४ माथिल्लो मात्तिममा २२ लाख ८७ हजार २ सय र वडा–५ तल्लो मात्तिममा २० लाख ४८ हजार रुपैयाँ अनियमितता भएको समितिले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार