Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • एआइजी पाल मेट्रोमा सरुवा, बढुवा हुनासाथ पोखरेल अपराध अनुसन्धान विभागमा पदस्थापन


    बिहिबार, मंसिर २५ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हरिबहादुर पाल र विश्वराज पोखरेल

    काठमाडौ । संसदीय समितिको निर्देशन सरकारले अटेर गरेको छ । सरकारले राज्य ब्यवस्था तथा सुशासन समितिको निर्देश्नलाई अवज्ञा गर्दै डीआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गरी अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ । फुली नै नलाई उनको पदस्थापन गरिएको छ ।

    मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले पोखरेललाई एआईजीमा बढुवा गरेको थियो । राज्य व्यवस्था तथा सुशासन समितिले बढुवा प्रक्रिया रोक्न निर्देशन दिएको २४ घन्टाभित्रै सरकारले त्यसलाई बेवास्ता गर्दे पोखरेलको बढुवा गरेको छ ।

    मंसिर १५ उनको बढुवा सिफारिस भएको थियो । आफ्नो समूहका डीआइजीहरुलाई पछि पार्दै उनी एआइजी बढुवा भएका छन् । एआइजी बढुवासँगै उनको भावी आइजीपी पद निश्चित भएको छ । राजेन्द्रबहादुर सिंहको जस्तै बीचमा कुनै ठूलो घटना नभएमा उनी आइजीपी हुनेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार