Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद‍्को निर्णय


    बिहिबार, मंसिर २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

    बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो ।

    संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो । तर, सरकारले सो दिर्नेशन बेवास्ता गर्दै पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ । विश्वराज उपप्रधानमन्त्री ईश्वर पोखरेलका भाइ नाता पर्छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार