Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाइकल चाेर्ने २ जना पक्राउ


    बिहिबार, मंसिर २५ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । जिल्ला प्रहरी कार्यालय बाराले चोरीका मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बारा निजगढ-७ बस्ने २२ वर्षीय मानबहादुर श्रेष्ठ र कृष्ण दर्लामी मगर रहेका प्रहरीले जनाएकाे छ ।

    बिहीबार बिहान बाराको निजगढ नगरपालिका-९ स्थित पूर्व पश्चिम राजमार्गमा चकेजाँच गर्ने क्रममा २ जना मोटरसाइकलसहित पक्राउ परेका हुन् ।

    उनीहरुको साथबाट चोरी गरी ल्याइएको बा ९७ प ३१०९ र बा ६८ प ५५९५ नम्बरका २ ओटा पल्सर मोटरसाईकल बरामद गरिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार