Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान


    बिहिबार, मंसिर २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

    बालुवाटार स्राेतका अनुसार मङ्सिर २८ गते आइतबार बिहानका लागि संवैधानिक परिषद्को बैठक बोलाएको जानकारी दियाे । लामो समयदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा धेरै निकायहरुमा संवैधानिक पद खाली रहेको छ ।

    संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री स्वयम नै रहने व्यवस्था रहेको छ । त्यस्तै प्रधानन्यायाधिश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य हुने व्यवस्था रहेको छ ।

    साथै सरकारको मुख्य सचिव परिषद्को सदस्य सचिवको रुपमा काम रहने व्यवस्था रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार