Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन कम्पनी कालोसूचीमा


    बिहिबार, मंसिर २५ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ३ वटा ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेकेदार कम्पनीहरु साइनो छापाखाना, राजवंशी निर्माण सेवा, श्री साई इम्पेक्स र के डि एम इन्टरनेशनल प्रा.लि. लाई कालोसूचीमा राखेको हो ।

    तीनवटै कम्पनीलाई १/१ वर्ष अवधिका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । उनीहरुको कालोसूची बुधबारदेखि लागू भएको छ ।

    सार्वजनिक खरिल ऐनको प्रावधान अनुसार तोकिएको समयभित्र निर्माण नसक्ने निर्माण व्यवसायी वा तोकिएको परिमाण, गुणस्तर र समयमा आपूर्ति गर्न नसक्ने आपूर्तिकर्ता वा तोकिएको समयमा परामर्श सेवा दिन नसक्ने परामर्शदाता लगायत ठेकेदार कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेर कारबाही गर्नसक्ने व्यवस्था गरेको छ । सोही अनुसार उनीहरुलाई कालोसूचीमा राखिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार