Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ७७२१ जना कोरोना संक्रमित होम आइसोलेसनमा


    बिहिबार, मंसिर २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल ७ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

    १२ हजार ३ सय ८६ कुल संक्रमितमध्ये ७ हजार ७ सय २१ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार ६ सय ६५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

    होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ४ हजार ३ सय ७८ जना संक्रमित होम आइसोलेसनमा छन्। 

    प्रदेश १ मा १ हजार ६३, प्रदेश २ मा १ सय ३६, गण्डकी प्रदेशमा २ सय ६१, लुम्बिनी प्रदेशमा १ हजार ५२, कर्णालीमा ७६ र सुदूरपश्चिममा ७ सय ५५ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार