Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभर १०६४ कोरोना संक्रमित डिस्चार्ज


    बिहिबार, मंसिर २५ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । २४ घण्टामा देशभर १ हजार ६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३१ हजार  ६०१ पुगेको छ।  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार २१७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ। 

    आज देशभर १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

    पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ६६३ पुगेको छ। देशभर ५१५ जना क्वारेन्टाइनमा रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार