Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ सय ६६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा


    बिहिबार, मंसिर २५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल ३ सय ६६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ३ सय ९ जना आइसियु र ५७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ मा ३६ आइसियु र ६ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १ सय २२ आइसियु र ३६ भेन्टिलेटरमा छन्। 

    गण्डकीमा ७७ आइसियु र ८ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५३ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    कर्णाली प्रदेशमा ७ जना आइसियुमा छन्। यहाँ कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। सूदुरपश्चिम प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार