Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा एकैदिन २ लाख २५ हजारमा काेराेना संक्रमण


    बिहिबार, मंसिर २५ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकामा एकैदिन २ लाख २५ हजार ४४१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकैदिन काेराेना संक्रमण हुनेकाे संख्या याे अहिलेसम्मकै उच्च हाे । 

    यसअघि गत शनिबार (२० मंसिरमा) २ लाख २४ हजार २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्ला दिनमा लगातार संक्रमितको संख्या २ लाखभन्दा बढी देखिएको छ ।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५८ लाख २० हजार ४२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९२ लाख २६ हजार ४११ जना संक्रमणमुक्त भएका छन् ।

    उपचार गराइरहेका ६२ लाख ९६ हजार ९३३ जनामध्ये २७ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ८९६ हजार नाघेको छ ।

    तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार २४३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ९६ हजार ६९८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार