Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने


    बुधबार, असोज ९ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता पाएको छ ।

    थाइल्याण्डका राजा माहा वजिरालोङकर्नले संसदले पारित गरेको समलिङ्गी कानुनमा हस्ताक्षर गरेका हुन् । मिडिया रिपोर्टका अनुसार राजाको हस्ताक्षरपछि सो कानुनलाई राजपत्रमा समेत प्रकाशित गरिएको छ । अब यो कानुन १२० दिनपछि लागु हुने छ । यो कानुन लागु भएपछि पहिलो कानुनी समलिङ्गी विवाह अर्को वर्षको जनवरीमा हुने भएको छ ।

    थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानुन बनेपछि १८ वर्ष वा सोभन्दा बढी उमेरका जोसुकैले पनि विवाह गर्न सक्नेछन् ।

    गत असारमा थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । थाइल्याण्ड यस्तो कानुन पारित गर्ने एशियाको तेस्रो देश बनेको छ । यस अघि नेपाल र ताइवानमा समलिङ्गी विवाह सम्बन्धि कानुन बनेको थियो ।

    यसअघि गत फेब्रुअरीमा यो विधेयक संसदमा पेश भएको थियो । तर, सांसदहरुले त्यसलाई अस्वीकार गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार