Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिहीबार पनि घट्यो सुनको मूल्य


    बिहिबार, मंसिर २५ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आज सुनकाे मूल्य प्रतितोला ९०० रूपैयाँले घटेकाे छ ।

    आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४००  रूपैयाँमा कारोवार भएको थियो ।

    यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० रूपैयाँले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९५० रूपैयाँमा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० रूपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

    यस्तै चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ ।

    बुधबार प्रतितोला एक हजार २१५ रूपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० रूपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार