Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ


    बिहिबार, मंसिर २५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । डियुटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा नुवाकोटका २४ वर्षीय रिमजेन लामा रहेका प्रहरीले जनाएकाे छ। उनले काठमाडौंको बालाजु बाईपास सडक खण्डमा ट्राफिक प्रहरी जवान दुर्गा प्रसाद यादवलाई दुई हजार रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

    ना १५ प ८५०२ नम्बरको मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत स्वरुप परिवर्तनमा कारवाही गर्न खोज्दा लामाले ट्राफिक प्रहरी यादवलाई घुस दिन खोजेको ट्राफिक महाशाखाले जनाएको छ ।

    आर्थिक प्रलोभनमा पार्न खोजेकोले चालक लामालाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी वृत बालाजुमा बुझाइएको महाशाखाले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार