Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बार्सिलोनाको ला लिगामा लगातार छैटौं जित


    सोमबार, असोज ७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार छैटौं जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियललाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

    बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र राफिन्हाले २-२ गोल अग्रे भने पाब्लो टोरेले एक गोल गरेका थिए । त्यस्तै भिल्ला रियलका लागि एक गोल आयोज पेरेजले गरेका थिए ।

    यो जितपछि बार्सिलोनाको ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । त्यसैगरी भिल्ला रियलको ६ खेलमा ११ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार