Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल एयरलाइन्स दिल्ली उडानका लागि भारतको अनुमति कुर्दै


    बुधबार, मंसिर २४ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतले प्रस्ताव गरेको एयर बबल अवधारणा अनुरुप सरकारले भारत-नेपाल दुबैतर्फबाट दैनिक एक-एक उडान गर्ने निर्णय गरिसकेको छ ।  

    १० मंसिरमा नै नेपाल सरकारले यो निर्णय गरेपनि अझै उडान भने सुरु हुन सकेको छैन ।भारत उडान गर्न नेपालबाट नेपाल एयरलाइन्सलाई तोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणसहितका निकायले आवश्यक प्रक्रिया पुरा गरेका छन् ।

    अब भारतको तर्फबाट मिति तय हुनासाथ नेपाल नेपाल एयरलाइन्सले दिल्लीमा उडान थाल्ने एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

    ‘नेपालको तर्फबाट सबै प्रक्रिया पुरा गरी भारतको अनुमति कुरिरहेका छौं,’ उनले भने । नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट उसले तोक्ने एक एयरलाइन्स कम्पनीले दैनिक एक/एक उडान गर्ने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार