काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना पनि लगाइएको छ । ५२ वर्षीय झोङ याङ ७१ करोड रुपैयाँ घुस लिएको र उनीसँग काम गर्ने ५८ जनासँग शारीरिक सम्बन्ध राखेको अभियोगमा दोषी ठहर भएकी छन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार झोङ चिनियाँ कम्युनिष्ट पार्टीबाट गुइझोउका उपसचिव र गभर्नर भइसकेकी छन् । उनी २२ वर्षको उमेरमा पार्टीमा प्रवेश गरेकी थिइन् । जनवरी २०२३ मा, चीनको गुइझोउ रेडियोले आफ्नो रिपोर्टमा झोङसँग सम्बन्धित विवादहरू उल्लेख गरेको थियो ।
सरकारी लगानीको आडमा आफ्नो मनपर्ने कम्पनीलाई ठूला ठेक्का दिलाउन आफ्नो हैसियत प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो । एउटा मामलामा, झोङले एक व्यापारीलाई १.७ लाख वर्ग मिटर जग्गामा हाईटेक इन्डस्ट्रियल इस्टेट बनाउने ठेक्का दिएकी तिहीं । यस व्यापारीको झोङसँग घनिष्ठ सम्बन्ध थियो ।
यो सम्झौताबाट झोङलाई पनि धेरै फाइदा भयो ।रिपोर्टका अनुसार, झोङले आफ्नो व्यक्तिगत सम्बन्ध भएका कम्पनीहरूलाई मद्दत गर्थिन् । अप्रिल २०२३ मा, गुइझाउ प्रान्तको सुपरिवेक्षण समितिले झोङविरुद्ध अनुसन्धानको घोषणा गर्यो । सो अवधिमा झोङमाथि ५८ पुरुषसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि लागेको थियो ।
यीमध्ये धेरै जसो व्यक्तिहरू थिए जसको व्यवसायबाट झोङले फाइदा उठाएका थिए । कतिपयमा झोङ याङसँग काम गर्ने व्यक्तिहरू पनि थिए । चिनियाँ सञ्चारमाध्यमका अनुसार झोङले यी व्यक्तिहरूलाई व्यापार यात्रा वा ओभरटाइमको बहानामा भेट्ने गर्थिन । झोङलाई गत वर्ष अप्रिलमा पक्राउ गरिएको थियो ।
यसपछि, सेप्टेम्बर २०२३ मा, चीनको सिन्ह्वा समाचार एजेन्सीले आफ्नो रिपोर्टमा झोङलाई कम्युनिष्ट पार्टी र नेसनल पिपुल्स कंग्रेसबाट निष्कासन गरिएको बताएको थियो । उनीमाथि बनेको डकुमेन्ट्रीमा झोङ याङले आफूले गरेको कामप्रति पश्चाताप भएको बताएकी छन् । उनी अब आफ्ना सहकर्मी, परिवार र राजनीतिक नेताहरूसँग आँखा सम्पर्क गर्न सक्दैनन् ।
‘मैले सोचें कि यस तरिकाले मलाई राजनीतिक मुद्दाहरूमा मद्दत गर्न केही भरपर्दो व्यवसायीहरू पाउँछन्,’ झोङले भनिन्, ‘मेरा आमाबाबुले मलाई काममा इमानदार हुन सल्लाह दिए, तर मैले उनीहरूको कुरा सुनिन ।’
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend