Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३८७ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत


    बुधबार, मंसिर २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ५७ जना भेन्टिलेटरमा र ३ सय ३० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। 

    आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२४ जना आइसियु र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५० जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३९ जना आइसियु र ५ जना भेन्टिलेटरमा र  प्रदेश २ मा ७ आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

    त्यस्तै सुदूरपश्चिममा ७ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९८ आइसियु र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ आइसियु र २ भेन्टिलेटरमा उपचाररत रहेका छन्। 

    यसअघि मंगलबार ४ सय १२, सोमबार ३ सय ८५, आइतबार ३ सय ६८, शनिबार  ३ सय ५७ जना संक्रमित आइसियु÷भेन्टिलेटरमा उपचाररत रहेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार