Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा ४९६ संक्रमित थपिए


    बुधबार, मंसिर २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुष गरी ४९६ जना कोरोना संक्रमित थपिएका छन्।  योसँगै उपत्यकामा एक लाख १४ हजार ५ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा ३ जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    हालसम्म काठमाडौंमा मात्र ९१ हजार ५७७ जना संक्रमित भएका छन्, जसमध्ये ४२८ जनाको मृत्यु भएको छ। हालसम्म ८६ हजार ३६८  जना निको भएका छन्।ललितपुरमा १४ हजार ९२ जना संक्रमित भएका छन्। जसमा १२८ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार २४ जना निको भएका छन्।

    भक्तपुरमा ८ हजार ३३६ संक्रमितमध्ये ९६ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ७८७ जना निको भएका छन्। आज काठमाडौमा ४ हजार ७८१, ललितपुरम ९४० र भक्तपुरमा ४५३ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    देशभर १ हजार ५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ। 

    २४ घण्टामा १ हजार ४८३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३० हजार  ५३७ पुगेको छ।  

    आज देशभर १२ हजार २४५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ६५१ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार