Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुर महानगरद्वारा विद्यालय खोल्न अनुमति, सञ्चालनकाे जिम्मा व्यवस्थापन समितिलाई


    बुधबार, मंसिर २४ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । ललितपुर महानगरपालिकाले काेराेना महामारीले बन्द भएका महानगरभित्रका विद्यालयलाई खोल्न दिने निर्णय गरेको छ ।

    महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय खुला गर्ने अनुमति दिएको हो । साथै महानगरले विद्यालय कहिलेबाट र कसरी सञ्चालन गर्ने जिम्मा भने सम्बन्धित विद्यालयका व्यवस्थापन समितिलाई दिएकाे छ ।

    विद्यालयले विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक समिति, वडा कार्यालयसँग समन्वय गरी विद्यायलय खोल्न पाउनेछन् । ‘विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थी संख्या समान छैनन्, यी सबै कुरा मध्यनजर गर्दै विद्यालय कहिलेबाट र कसरी सञ्चालन गर्ने निर्णय व्यवस्थापन समितिलाई दिएका छौं, त्यो प्रभावकारी हुन्छ,’ मेयर महर्जनले भने ।

    विद्यालयले पेस गरेको प्रस्तावमाथि नगर शिक्षा समितिको छलफलपछि मात्र विद्यालय सञ्चालन गरिने नगरका प्रमुख शिक्षा अधिकृत चिरञ्जिवि पौडेलले बताए । त्यस्तै, नगरपालिकाले विद्यालयसँग प्रयोगात्मक तथा परियोजनामा आधारित सिकाइ पद्धति सञ्चालन निर्देशिका २०७६ तयार गरेर छलफल समेत गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार