विशाल बस्नेत
महोत्तरी । मधेश प्रदेशको व्यस्त सडक मानिएको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास सडक खण्डमा ठेलागाँडा मजदुरहरुसगँ पैसा असुल गरेर सडक जाम गराउने गरेको खुलासा भएको छ ।
जनही ३ सयदेखि ९ सयसम्म पैसा अशुल गरेर सडकपेटीलाई कमाउने धन्दा वनाउने गरेको तथ्य बाहिरिएपछि बर्दिवास नगर क्षेत्रमा सडकको थप अस्तव्यस्तताको कारक खुलासा भएको हो ।
सडक किनारामा राखिएका ठेलागाडा पसलहरुले ९ सय रुपैयाँ दिने गरेको स्वीकार गरेका छन् । ‘म जहिल्यै ढल्केवरवाट ठेलामा सामन ल्याएर याँहा वेच्ने गर्छु ।’ दीपक भनिने एक ठेला व्यापारीले भने । ‘पैसा दिएपछि खासै समस्या पनि हुँदैन त्यसैले अन्य साथीहरु पनि वाहिरवाट याँहा नै आउनुहुन्छ ।’
अन्य ठाउँमा सामान लिएर जाँदा व्यापार नहुने र बर्दिवासका सडक किनारामा राख्दा भनेजस्तो व्यापार चल्ने हुँदा खुसीले नै उक्त पैसा दिने गरेको उनिहरुले बताएका छन् ।
सडकपेटीहरु अस्तव्यस्त भएको व्यापक जनगुनासो बढिरहेको भन्दै बर्दिवास नगरपालिकाले विहान(बेलुका केही कर्मचारी र नगर प्रहरीसमेत खटाउने गर्दछ ।
तर यस्का बाबजुद पनि सडकको दुरावस्था यथावत रहिरहेको वेला ठेलागाँडाहरुसगँ पैसा उठाएर संरक्षण गरिएको तथ्यले आम मानिसहरुलाई झस्काएको छ ।
कस्लाई दिन्छन पैसा
ठेला व्यापारीहरुले पैसा उठाएर दिनेश भनिने अर्को व्यापारीलाई दिने र उन्कै माध्यमबाट पैसा सम्बन्धित ठाउँमा पुग्ने गरेको पाइएको छ ।
यता दिनेशले उक्त पैसा संकलन गरेको स्वीकार गरेका छन् । वजारको ठेक्का पाएका विजय महतोको निर्देशनमा उक्त पैसा असुल गरेको उन्ले वताए ।
‘मैले पैसा संकलन गरेको नै हौ । तर त्यो पैसा विजय महतोलाई दिने गरेको छु ।’ उन्ले भने । ‘यति भएपछि याँहा नै राखेर निर्वाधरुपमा व्यापार गर्न पाइन्छ ।’
ठेलाको लागि औरही सडक खण्डमा ठाउँ निर्धारण गरेतापनी त्यहाँ व्यापार नहुने गरेको उनिहरुको भनाइ छ । मुख्य राजमार्गको छेउछाउमा भनेजस्तो व्यापार हुने भएकाले उक्त पैसा दिन बाध्य भएको आधा दर्जन ठेला व्यापारीहरुको हामीलाई अडियो रेकर्ड समेत प्राप्त भएको छ ।
बजारको ठेक्का पाएका विजय महतोले पनि पैसा आफुलाई ठेलागाँडावालाहरुले मनखुसीले दिएको र उक्त पैसा लिएको स्वीकार गरेका छन । ‘मलाई माछामासु खानु भनेर उनीहरुले नै दिएका हुन् । मैले मागेको हैन ।’ उन्ले भने । ‘यसमा नगरपालिकाका कर्मचारीहरुको कुनै हात छैन ।’
तर सडक पेटीमा अनाधिकृतरुपमा ठेला तथा अन्य पसलहरु राखेर सडक अस्तव्यस्त बनाउनेहरुलाई हटाउने जिम्मेवारी लिएका उनिहरुले ठेलागाँडाहरुलाई किन हटाएनन् भन्ने गम्भीर प्रश्न वनेको छ ।
विजय महतोको माध्यमवाट सवै विषय बाहिर आउन सक्छ ।’ स्थानीय व्यवसायी गुन्ज कार्कीले भने । ‘जिम्मेवारी लिएर हरेक क्षेत्रलाई गरिखाने भाडो वनाउने जोकोहीलाई कडा कारबाही गर्नुपर्छ ।’
कर तिरेर व्यापार गर्ने व्यापारीहरुको मर्मविपरीत गरिएको कार्य दुस्खद छ : उद्योग बाणिज्य संघ
कर तिरेर औपचारिकरुपमा व्यापार गर्नेहरुको मर्म विपरीत सडकपेटीलाई निजी सम्पत्ति बनाएका जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने उद्याग बाणिज्य संघका अध्यक्ष बिष्णु खड्काले बताए ।
नगरपालिकाको संरक्षण देखिनेगरी ठेलागाँडा व्यापारीहरुसगँ पैसा असुल्नु दुस्खद् भएको बताउँदै खड्का दुर्घटनाको कारक एकातिर बन्ने र अर्कोतिर स्थानीय व्यापारीहरु उपेक्षामा परेको बताउँछन् ।
‘बिजय महतो भन्ने व्यक्तिले कस्को निर्देशनमा ठेलागाँडा त्याँहा राख्न दिए भन्ने बिषय महत्त्वपूर्ण हो ।’ अध्यक्ष खड्काले भने । ‘यदि उनी आफैले त्यो वातावरण सिर्जना गरेका हुन् भने कुन कानुनमा आधारित भएर गरेका हुन त ?’
ठेला गाडामा राखिएका पसलहरुका कारण अस्तव्यस्त बनिरहेको सडकको विषयलाई लिएर पत्रकारहरुले केही दिनअगाडि जिल्ला ट्राफिक कार्यालयमा समेत सामूहिक ध्यानाकर्षण जनाएका थिए ।
नगर प्रवक्ता विजय महतोले भने यस्को विषयमा छानविन गर्ने वताएका छन । ‘वजार व्यवस्थापन समितिमा छलफल गरेर बुझ्नेछु ।’ प्रवक्ता महतोले भने । ‘मलाई पनि थाहा थिएन यस्लाई गम्भीररुपमा लिएका छौं ।’
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend