Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलमा थप एक काेराेना संक्रमितकाे मृत्यु


    बुधबार, मंसिर २४ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । रूपन्देहीमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

    रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा अर्घाखाँचीको धारापानी-४ का ४० वर्षीय पुरूषको मृत्यु भएकाे छ ।

    अर्घाखाँची ती पुरूषको उपचारको क्रममा मंगलबार राति ९ः३० बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ। ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए ।

    उनमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार