Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • तनहुँमा हिंसापीडित कोषको स्थापना


    बुधबार, मंसिर २४ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ । तनहुँको व्यास नगरपालिकाले एक लाख रूपैयाँको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयासम्म कोषबाट सहयोग गर्न सकिने छ ।

    आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग प्रदान गर्न कोष स्थापना गरिएको नगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीरा जोशीले बताए ।

    कतिपय महिला औषधि उपचार, खान लाउन नपाएको र महिला हिंसाबाट पीडित भएको भनेर आउने गरेकाले सहयोग गर्न उक्त कोष बनाइएको उहाँले जानकारी दिए ।

    नगरप्रमुख बैकुण्ठ न्यौपानेले महिला हिंसा चेतनामूलक कार्यको लागि लाग्ने आवश्यक खर्च नगरपालिकाले व्यहोर्ने प्रतिबद्धता व्यक्त गरे । हिंसापीडित महिलालाई परामर्श आवश्यक पर्ने हुँदा नगरपालिकाले सहयोग गर्दै जाने उनले बताए । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार