Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • ३८ थान नक्कली लाइसेन्ससहित एक जना पक्राउ


    बुधबार, मंसिर २४ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३८ थान नक्कली चालक अनुमतिपत्रसहित एक जनालाई पक्राउ गरेकाे छ । 

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सांगाचोकगडी नगरपालिका-१२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-७ बस्ने २८ वर्षीय आशिष गिरी रहेका प्रहरीले जनाएकाे छ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाईको टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

    त्यस्तै उनले प्रयोग गर्दै आएको बा १५ च ४६८४ नम्वर कार तथा किर्ते गरी बनाईएका ३८ थान नक्कली सवारी चालक अनुमती पत्र र विभन्नि बैंकका चेक समेत बरामद भएको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार