Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीका असईबाटै बालिका बलात्कारकाे प्रयास, छिमेकीले थाहा पाएपछि फरार


    बुधबार, मंसिर २४ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • झापा । प्रहरी सहायक निरीक्षक (असई) ले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ । सीमा सुरक्षामा खटिएका ती सशस्त्र प्रहरीमाथि राति जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको हाे।

    आइतबार राति साढे ९ बजेतिर घरमा सुत्ने तरखर गरिरहेकी बालिकालाई घरभित्रै प्रवेश गरी कटुवालले जबर्जस्ती करणीको प्रयास गरेका हुन् ।

    सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) अन्तर्गत गौरीगन्ज गाउँपालिका–२, कोरोबारीस्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सूर्य कटुवालले सीमान्तकृत समुदायकी बालिकालाई जबर्जस्ती गर्ने प्रयास गरेको पीडित परिवारले जनाएको छ ।

    जबर्जस्ती गर्न खोजेपछि बालिका चिच्याएकी थिइन् । उनी चिच्याएको सुनेपछि सँगैको अर्को घरभित्र काम गरिरहेकी बालिकाकी आमा तत्काल आइपुगेकी थिइन् । आमाले लुगा समातेर कटुवाललाई बाहिर तानेकी थिइन् । आमालाई हातले झट्काएर कटुवाल घटनास्थलबाट भागेका थिए ।

    कटुवाल मादक पदार्थ सेवन गरी आएका थिए । घरमा बालिका र उनकी आमा मात्र थिए । पीडित बालिकाका बुबा र चार दाजुबहिनी छिमेकीकामा टेलिभिजन हेर्न गएका थिए । घटनापछि पीडित परिवार त्रसित बनेको छ । उनीहरू अतिविपन्न परिवारका हुन् । उनीहरूको घरदेखि ५ मिनेटको दूरीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट छ ।

    घटनालगत्तै असई कटुवाललाई सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापा तानिएको प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार