काठमाडौं । बालसहभागितामा कार्यरत संस्थाहरूको साझा समुह (कन्सोर्टियम नेपाल) ले राष्ट्रिय बालसहभागिता सम्मान २०८१ नेपालको बालअधिकार आन्दोलनका प्रणेता गौरी प्रधानलाई प्रदान गरेको छ ।
सोमबार काठमाडौंमा बालिका सहभागिता र सशक्तीकरणका लागि नागरिक संवाद कार्यक्रमका बीच प्रधानलाई राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेकी छन् ।
चार दशक लामो बालअधिकार आान्दोलनमा निरन्तर रुपमा नेतृत्वदायी भूमिकामा रही बालअधिकार आान्दोलनलाई उचाईमा राख्नुभएका कारण राष्ट्रिय बालसहभागिता सम्मान २०८१ प्रधानलाई प्रदान गरिएको कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बताए ।
नेपालको बालअधिकार आन्दोलनमा बालअधिकार सबैको सरोकार, बालबालिकाका लागि बालबालिकाका साथमा, बालबालिका शान्ति क्षेत्र हुन् र बालबालिका राष्ट्रिय गौरव हुन् जस्ता नवीन सोचहरू अगाडि सारेर बालअधिकार आन्दोलनलाई वैचारिक तथा व्यवहारिक बनाई राख्न प्रधानले निरन्तररुपमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
साथै उक्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका बमबहादुर बानियाँ, NACG का अध्यक्ष किरण थापा लगायतका व्यक्तित्वले बालिका सहभागिता तथा सशक्तीकरणका लागि खेल्नुपर्ने भूमिकाका बारेमा आफ्ना विचार राखेका थिए ।सो कार्यक्रममा बालअधिकार अभियन्ता विष्णु खत्रीले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend