गोरखा । प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर आउँदो आइतबारबाट खुल्ने भएको छ।
मनकामना क्षेत्र विकास समितिको आह्वानमा मङ्गलबार सम्पन्न सर्वपक्षीय बैठकले बिगत नौ महिनादेखि बन्द रहेको मन्दिर र केवलकार खुलाउने निर्णय गरेको समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए।
स्थानीय स्तरमा समन्वय गरेर केवलकार चलाउन सकिने पत्र प्राप्त भएकाले गाउँपालिका, मनकामना क्षेत्र विकास समिति, स्थानीयस्तरको उद्योग वाणिज्य संघको बजार इकाइसँग समन्वय गरी आउँदो आइतबारबाट केवलकार चलाउने तयारी गरिएको स्टेशन मेनेजर उज्ज्वल शेरचनले जानकारी दिए।
मनकामना मन्दिर र केवलकार सञ्चालन गर्नेबारे जिल्लास्तरको विपत व्यवस्थापन समितिले मन्त्रालयमा यसअघि पनि सिफारिस गरी पठाएको थियो।
कोरोना महामारीको त्रासका कारण बिगत नौ महिनादेखि मन्दिर र केवलकार बन्द रहेकाे थियाे।