Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाली भूमिमा कल्भर्ट बनाउदा भारतीय सुरक्षाकर्मीको अवरोध


    मंगलबार, मंसिर २३ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • परासी । पश्चिम नवलपरासीमा कल्भर्ट निर्माण गर्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।

    पश्चिम नवलपरासीको प्रतापपुर-६ कठहवामा हुलाकी सडक विस्तारको क्रममा दशगजा नजिक निर्माणधिन कल्भर्टमा भारतीय अर्धसैनिक बल एसएसबीले सोमबारबाट अवरोध गरेकाे हाे ।

    ठेकेदार कम्पनी कन्टेक प्रालिका प्रतिनिधि दीपक थापाका अनुसार निर्माण गर्न लागिएको कल्भर्ट दशगजा क्षेत्रमा पर्ने भन्दै भारतीय पक्षले अवरोध गरेको हाे ।

    तर, यसअघि सडक विस्तारको क्रममा भारतीय पक्षसँग सहकार्य गरेर अगाडी बढाएको भएपनि अहिले आएर अवरोध गरेको थापाले बताए । भारतीय सिमावर्ती कठहवादेखि उत्तरतर्फ १० किलोमिटर सडक निर्माण भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार