Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा कांग्रेसनिकट बराल प्यानलसहित विजयी, कम्युनिष्ट पत्तासाफ


    आइतबार, भाद्र ३० २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् ।

    उनले निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी पाण्डेले २ हजार ८१० मत प्राप्त गरेका थिए ।

    २५ सदस्यीय एसोसियसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेनबाहिरका विजयी भएका छन् । एसोसियसनको मतदान शक्रबार भएको थियो भने आइतबार विहान मात्र मत गणना सकिएको हो ।

    एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीले अलग अलग समूह चुनावी मैदानमा उतारेका कारण एशोसिएसनमा पत्तासाफ भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार