Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्यारी केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित


    आइतबार, भाद्र ३० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ ।

    गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले होल्स्टेन किएललाई ६-१ गोल अन्तरले पराजित गरेको थियो । बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए । त्यस्तै जमाल मुसियाला र माइकल ओलीसले एक एक तथा होल्स्टेन किएलका निकोलाई रेमबर्गले एक गोल आत्मघाती गोल गरेका थिए ।

    यो जितपछि बायर्नले लिगमा लगातार तेस्रो जित हासिल गर्दै ९ अंक बनाएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यस्तै होल्स्टेन किएलको भने यस सिजनमा यो लगातार तेस्रो हार हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार