Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा नयाँ संक्रमणका घटनामा कमी, सक्रिय संक्रमित चार लाखभन्दा कम


    मंगलबार, मंसिर २३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । भारतमा कोरोना भाइरसको फैलावट कम हुँदै गएको छ ।  पछिल्लो २४ घण्टामा यहाँ कोभिड १९ का २६ हजार ५ सय ६७ जना नयाँ संक्रमित भेटिए ।

    जबकी सोमबार ३२ हजार ९ सय ८१ जनामा संक्रमण देखिएको थियो । भारतमा अहिले संक्रमणमुक्त बिरामीको संख्या ९१ लख नाघिसकेको लाख पुुगेको छ ।

    केन्द्रीय स्वास्थ मन्त्रालयले मंगलबार जारी गरेको आँकडाअनुसार पछिल्ला २४ घण्टामा २६ हजार ५ सय ६७ जना नयाँ संक्रमित देखिए, ३ सय ८५ जनाले ज्यान गुमाए तथा  ३९ हजार ४५ जनामा निको भए । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या पनि चार लाखभन्दा कम छ । 

    भारतमा कुल ९७ लाख ३ हजार ९ सय ८ जनामा संक्रमण देखिएकोमा अहिले ३ लाख ८३ हजार ८ सय ६६ जनामा मात्रै सक्रिय संक्रमण छ । १ लाख ४० हजार ९ सय ५८ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ ।

    विश्वमा सर्वाधिक धेरै संक्रमित अमेरिका छन् । जहाँ, अहिलेसम्म १ करोड ५३ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । यहाँ ६० लाखभन्दा धेरै सक्रिय संक्रमित छन् । यहाँ २  लाख ९० हजारभन्दा धेरैले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार