Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४ घण्टामा १ हजार ६२१ जना कोरोना संक्रमित संक्रमणमुक्त


    मंगलबार, मंसिर २३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    यो सँगै नेपालमा  २ लाख २९ हजार ५४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार निको हुने दर ९४ दशमलभ १ प्रतिशत रहेको छ । 

    आज मन्त्रालयका अनुसार ८ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ९९ हजार ६ सय ८६  जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ५ सय २३ जना क्वारेन्टाइनमा छन्।  नेपालमा १२ हजार ६ सय ८६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार