Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छोरीलाई बलात्कार गरेकाे आरोपमा बावु पक्राउ


    मंगलबार, मंसिर २३ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले छोरी बलात्कार गरेको आरोपमा बावुलाई पक्राउ गरेको छ ।

    घरमा कोही नभएको मौका छोपी आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठका अनुसार गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । 

    पक्राउ परेका ती पुरुषमाथि मुद्धा दर्ता भइ दैलेख जिल्ला अदालतबाट म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार