Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भिजिट भिसामा थप कडाइ, अब विदेश जान अनिवार्य बिमा गर्नुपर्ने


    मंगलबार, मंसिर २३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख श्रम गन्तब्य मुलुकमा भिजिट भिसामा जानेमाथि सरकारले थप कडाइ गर्न थालेको छ ।

    भिजिट भिसा लिएर श्रमिकहरु असुरक्षित रुपमा विदेशिन थालेको गुनासो बढेपछि गृह मन्त्रालय र अध्यागमन विभागले भिजिट भिसामा थप कडाइ गर्न अध्ययन पनि थालेका छन् ।

    अघिल्लो हप्ताबाट विमानस्थलमा भिजिट भिसामा वैदेशिक रोजगरीका लागि हिँडेका शंकास्पद श्रमिकमाथि कडा चेकजाँच सुरु गरिएको अध्यागमन विभागले बताएको छ ।

    अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसी अब भिजिट भिसामा जानेलाई आवधिक बिमा अनिवार्य गर्नेबारे छलफल भइरहेको बताउँछन् । उनका अनुसार स्थानीय तहको सिफारिस पत्र र भ्रमणको भिसाबाहक व्यक्तिको परिवारको एकाघरको सदस्यको मञ्जुरीपत्र पनि अनिवार्य गर्नेबारे छलफल भइरहेको उनले बताए ।

    गृह मन्त्रालयले भिजिट भिसामा जाने श्रमिकलाई रोक्नेबारे अध्ययनसहित सिफारिस गर्न उपसचिव रुद्र पण्डितको संयोजकत्वमा एक कार्यदल नै बनाएको छ ।

    अध्यागन विभागले पनि स्वतःस्फूर्त रुपमा श्रमका लागि भिजिट भिसा लिएर जानेलाई रोक्नका लागि भन्दै आन्तरिक गृहकार्य थालेको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार