Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सोह्रखुट्टेका डिएसपीमाथि छानबिन 


    मंगलबार, मंसिर २३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दीपक खड्कामाथि छानबिन थालेको छ । एक व्यक्तिलाई पक्राउ गरेर अवैध रुपमा हिरासतमा राखी पैसा मागेको उजुरीका आधारमा छानबिन सुरु भएको हो ।

    अनलाइन जुवा खेलेको आरोपमा पक्राउ परेका व्यक्तिसँग उनले पैसा मागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ठमेलको एक होटलमा बसेका ती व्यक्तिलाई उनले केही दिन थुनेर छाडेको स्रोत बताउँछ । विना कारबाही छाड्नुले पनि यसमा डिएसपीको बदनियमत देखिएको छ ।

    केही हप्तायता प्रहरी प्रधान कार्यालयले छानबिनलाई तिव्रता दिएको छ । गत साता मात्र एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादब तथा इन्सपेक्टर मेघराज चौरसियलाई निलम्बन गरेको थियो । प्रहरी मुख्यालयले कारबाही गर्न थालेपछि उजुरी पनि बढ्न थालेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार