काठमाडौं । सद्भाव युवा समाजले मानव सेवा आश्रमलाई रु एक लाख एघार हजार एक सय पन्ध्र ( रु १,११,११५) आर्थिक सहयोग गरेको छ ।सद्भाव युवा समाज कतार र नेपालको संयुक्त पहलमा सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।
समाजसेवी श्री रामजी अधिकारीद्वारा स्थापित साहाराबिहिन बेवारिसेहरुको सहारा बन्दै आईरहेको संस्था, मानव सेवा आश्रमलाई सहयोग गर्न पाउँदा अत्यन्त खुसी लागेको सदभाव युवा समाज नेपालका अध्यक्ष देब श्रेष्ठले बताउनु भएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा सद्भाव युवा समाज कतार तथा नेपालका पदाधिकारीको उपस्थिति रेहेको थियो ।
मरुभूमिमा रोजगारीको सिलसिलामा कतारको एयरपोर्टमा काम गर्ने साथीभाइलाई भैपरी आउने समस्यामा सहयोग गर्न भनि २००८ मा स्थापना भएको संस्था सद्भाव युवा समाजका सदस्यहरुले आफ्नो पारिश्रमिकबाट समाज सेवालाई भनेर छुट्याएको रकमबाट देशमा आइपरेका विपत्तिमा सहयोग गर्दै आएको र भविश्यमा पनि संस्थाले यस्ता सामाजिक कार्य जारी राख्ने कुरा सदभाव युवा समाज कतारका भुपु अध्यक्ष सन्तोस गुरुङले बताउनु भएको छ ।
श्री सद्भाव युवा समाजले विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा रगतको अभाव कम हुन नदिन यहि मंसिर २० गते भरतपुरको गीतानगरमा रक्तदान पनि सम्पन्न गरेको छ । मानव सेवा आश्रमलाइ यो आर्थिक सहयोग हस्तान्तरण गरे लगत्तै यस श्री सदभाव युवा समाजले आज देखिनै मानव सेवा आश्रमको आजीवन सदस्यता प्राप्त गरेको छ।
