Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई छाड्ने अदालतको आदेश


    सोमबार, मंसिर २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुनसरी । सुनसरी जिल्ला अदालतले बलात्कार आरोप लागेर पुर्पक्षमा रहेका सिद्धबाबाका रुपमा चिनिएका कृष्णराज गिरीलाई सफाइ दिएको छ । गिरीमाथि आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको थियो ।

    सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले उनलाई सफाइ दिएको हो । सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले गिरीलाई बलात्कार आरोपमा सफाइ दिएको जानकारी दिएका छन् । यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएको थियो । तिनै तहका अदालतले पुर्पक्षमा पठाएका गिरीले जिल्ला अदालतमा सुनसरीमा निवेदन दिएका थिए ।

    ‘नेपाल सरकारले लिएको अभियोग दाबी बमोजिम प्रतिवादीलाई जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ,’ फैसलामा भनिएको छ ।

    आफ्नै अनुयायीलाई बलात्कार गरेको कसुरमा गिरीविरूद्ध २०७६ पुस १० गते मुद्दा दायर भएको थियो । मुद्दा परेपछि जिल्ला अदालतले गिरीलाई कारागार चलानको आदेश दिएको थियो । कारागार चलान भए पनि गिरी थुनामा नबसिकनै बाहिरै बसेका थिए । केही समयपछि उच्च अदालतमा जान भनी हिँडेका गिरी जोगबनी नाकाबाट भारत फरार भएका थिए । उनलाई केही महिनापछि प्रहरीले पक्राउ गरी कारागार पठाएको थियो ।

    गिरीलाई छुटाउन नेपाल सरकारका पूर्वसचिव विश्वप्रकाश पण्डित लगायतका भीभीआईपीहरु लागेका थिए । सर्वोच्चमै केही दिानअघि उनलाई छुटाउन चलखेल भएकोबारेमा नेपालफेसले सामाचार सार्वजनिक गरेको थियो । जिल्ला अदालतले आज छाडेको छ । गिरीको नेपाल सरकारका उच्च प्रकासक, प्रहरीका उच्च अधिकारी र राजनीतिक तहमा नेता, मन्त्रीसम्म पहुँच रहेको छ । जुन पहुँच प्रयोग गरी उनी छुटेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार