Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दरवारमार्गको सामूहिक बलात्कार प्रकरणमा जिल्लाकै फैसला उच्च अदालतद्वारा सदर


    सोमबार, मंसिर २२ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालत पाटनले दरवारमार्गमा भएको सामूहिक बलात्कारको घटनामा जिल्ला अदालत काठमाडाैंको फैसला सदर गरेको छ ।

    मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले दुई वर्षअघि राजधानीको दरवारमार्गमा भएको सामूहिक बलात्कारको घटनामा जिल्ला अदालतको फैसला सदर गरेको हो ।

    जिल्ला अदालतले मुख्य आरोपित शैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद सजाय सुनाएको थियो । साथै पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलासमेत गरेकाे थियाे ।

    दुई आरोपितहरु दिपक श्रेष्ठ र विकास गौतमलाई १४ महिनाका दरले कैद सजाय तोकिएको थियो ।

    आरोपित कार्कीले पीडित युवती आफ्नो प्रेमिका भएको बताएका थिए । २०७४ माघ ७ गते युवतीलाई होटलमा बोलाएर कार्कीले आफ्ना साथीहरु पनि बोलाएका थिए । कार्की र उनका साथीहरुबाट युवतीमाथि सामूहिक बलात्कार भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार