Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनकोसी–मरिन आयोजनाको सुरुङ खन्न १२ कम्पनी इच्छुक


    सोमबार, मंसिर २२ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि १२ कम्पनीले आवेदन दिएका छन्। अब उनीहरूबीच प्रतिस्पर्धा हुने सिँचाइ विभागले जनाएको छ ।

    सिँचाइ विभागका अनुसार आयोजनाले आह्वान गरेको बोलपत्रमा चिनियाँ, इरानी र भारतीयलगायतका मुलुकका निर्माण कम्पनीले प्रस्ताव पेश गरेका हुन्। 

    करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको ठेक्का लाग्ने चरणमा छ । यो आयोजनाका लागि सुनकोसीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।

    विभागले अहिले ती बोलपत्र प्राविधिक पक्षको मूल्यांकनको काम गरिरहेको विभागका महानिर्देशक मधुकर राजभण्डारीले जानकारी दिए । उनका अनुसार मूल्यांकनबाट प्राविधिक रुपमा योग्य कम्पनीलाई सर्ट लिस्ट गरिनेछ ।

    सर्ट लिस्टमा परेका कम्पनीको आर्थिक प्रस्तावमध्ये सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का हात पार्नेछ । करिब १५ अर्ब लागत अनुमनान गरिएको यो सुरुङको निर्माण थाल्न अझै एक वर्ष समय लाग्ने अनुमान विभागको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार