Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • वीरगञ्जकाे उद्याेगमा जारी मजदुर आन्दोलनमा प्रहरी हस्तक्षेप


    सोमबार, मंसिर २२ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । वीरगञ्जकाे उद्याेगमा जारी मजदुर आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेकाे छ।

    वीरगञ्ज महानगरपालिका–२१ लिपनीबिर्तास्थित ब्रिटानिया नेपाल प्रालिमा कार्यरत उक्त मजदुर आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हाे। विनाकारण उद्योगले एक दर्जन मजदुरलाई निष्काशन गरेपछि मजदुरहरु आन्दोलित भएका छन् ।

    शान्तिपूर्ण धर्नाबाट माग पूरा नभएपछि उनीहरुले सोमबार काम गरिरहेका मजदुरलाई उद्योग प्रवेशमा रोक्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेको थियो ।

    सो क्रममा प्रहरीले लाठीचार्ज १० जना मजदुर घाइते भएको आन्दोलनरत मजदुरहरुले दाबी गरेका छन् । प्रहरीको लाठीचार्जबाट उनीहरुलाई चोटपटक लागेको उनीहरुको आरोप छ ।

    प्रहरीले आन्दोलनरत दुई जना मजदुरलाई समेत नियन्त्रणमा लिएको छ । लालबाबु महरा र राम एकबाल कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको उनीहरुले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार