Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साना लगानीका मिडियाको प्रवर्द्धनका लागि प्रभावकारी नीति ल्याउन माग


    सोमबार, मंसिर २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपालमा साना लगानीका मिडियाको प्रवर्द्धनका लागि सरकारले प्रभावकारी नीति ल्याउनुपर्ने आवश्यकतामाथि वक्ताहरुले जोड दिएका छन् । 

    प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको संयोजनमा आज हेटौँडामा आयोजित ‘पत्रकार आचारसंहिता र लैङ्गिक हिंसा निवारणमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले साना लगानीका मिडिया सङ्कटमा पर्न थालेकाले यसको प्रवर्द्धनका लागि सरकारले प्रभावकारी नीति ल्याउनुपर्नेमा जोड दिनुभएको हो । 

    प्रेस काउन्सिल नेपालकी सदस्य सङ्गीता खड्काले सबै खाले मिडियाको प्रवर्द्धनमा काउन्सिलले सरकारका विभिन्न निकायमा पहलकदमी अघि बढाएको बताउनुभयो । 

    नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागार्इंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार