काठमाडौं । प्रहरीकाे साइबर ब्यूरोले लोकसेवा आयोगको सर्भर ह्याक गरेकाे आरोपमा २ जनालाई पक्राउ गरेकाे छ ।
आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका ३ जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले काठमाडौं र पोखराबाट ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीकाे साइबर ब्युरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-९ सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन र अन्य दुई जना पोखरा महानगरपालिकाका १७ र १५ वर्षीय युवाहरु रहेको छन् ।