Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पलेशाको विमानस्थलमा भव्य स्वागत, नगर परिक्रमा गराइँदै


    बुधबार, भाद्र १९ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् ।

    पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।

    विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराइदै छ । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याएर स्वागत गरिने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार