Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हास्य कलाकार मनोज गजुरेल विवाह गर्दै


    सोमबार, मंसिर २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । चर्चित हास्य कलाकार मनोज गजुरेलले विवाह गर्ने भएका छन्। छिट्टै विवाह बन्धनमा बाँधिन लागेको उनले बताएका छन् । आफ्नाे विवाहकाे बारेमा समय आएपछि सार्वजनिक गर्ने उनले जानकारी दिए । 

    विवाह गर्ने कुरा बताएपनि कोसँग विवाह गर्ने भन्ने कुरा अहिले नै सार्वजनिक नगर्ने उनले बताए । ‘केही व्यवहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक उनकाे भनाइ छ ।

    यो गजुरेलको दोश्रो विवाह हो। उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो। प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए । उनीहरूका एक छोरा र एक छोरी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार